Follow Us on Facebook Follow Us on Facebook
 
  • लोकतान्त्रिक प्रणाली, घरदैलोमा आफ्नै सरकार, सामर्थ्य र पहिचान सङ्घीयताका आधार ।
  • मानव अधिकारको सम्मान गर्नेलाई मतदान गरौं, न्यायपूर्ण समाजको निर्माणमा योगदान गरौं ।
  • तपाईको एक मतले राष्ट्रनिर्माणमा महत्वपूर्ण योगदान दिन सक्छ, त्यसैले सोच विचार गरेर मात्र मतदान गर्नुहोस् ।
  • सात वटा कोठामा सात छाप, दुई वटा चिन्ह भएपनि एक कोठामा एकै छाप ।
  • हत्या, हिंसा, अराजकता र भ्रष्टाचारको अन्त्य ! तीव्र आर्थिक वृद्धि र समृद्धि अबको गन्तव्य !!
   
समाचार

आचारसंहिता विपरीत टाँगिएका तुल र व्यानर हटाइयो

बारा । ०७४ भदौ २७ गते

निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थलहरूमा चुनाव प्रचारका लागि झुण्ड्याइएका तुल व्यानर, झण्डालगायतका प्रचार सामग्रीहरू भदौ २७ गते प्रहरीले हटाएको छ ।

गृह मन्त्रालय र निर्वाचन आयोगकको कडा निर्देशनपछि यहाँका ५ हजार भन्दा बढी तुल, व्यानर हटाइएको जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार वैद्वारले बताए ।

राजनीतिक दल र तिनका उम्मेदवारसित समन्वय गरी अब त्यस्तो आचारसंहिता विपरीत प्रचार सामाग्री नटाँस्न आग्रह गरिएको उनले बताए । कलैया, जितपुर सिमरा उपमहानगरपालिका र निजगढ, सिम्रौनगढ, कोल्हवी, महाढीमाईलगायतका ठाउँमा त्यस्ता प्रचार सामग्री हटाउन प्रहरी खटाइएको उनले बताए ।

लक्ष्मी सोनार