Follow Us on Facebook Follow Us on Facebook
 
  • लोकतान्त्रिक प्रणाली, घरदैलोमा आफ्नै सरकार, सामर्थ्य र पहिचान सङ्घीयताका आधार ।
  • मानव अधिकारको सम्मान गर्नेलाई मतदान गरौं, न्यायपूर्ण समाजको निर्माणमा योगदान गरौं ।
  • तपाईको एक मतले राष्ट्रनिर्माणमा महत्वपूर्ण योगदान दिन सक्छ, त्यसैले सोच विचार गरेर मात्र मतदान गर्नुहोस् ।
  • सात वटा कोठामा सात छाप, दुई वटा चिन्ह भएपनि एक कोठामा एकै छाप ।
  • हत्या, हिंसा, अराजकता र भ्रष्टाचारको अन्त्य ! तीव्र आर्थिक वृद्धि र समृद्धि अबको गन्तव्य !!
   
समाचार

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा छलफल

बारा । ०७४ भदौ २७ गते

स्वच्छ निर्वाचन नागरिक अभियानद्वारा निष्पक्ष र भयरहित निर्वाचनका लागि भन्दै कलैयामा भदौ २७ गते सर्वपक्षीय छलफल गरेको छ ।

छलफल कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले सुशासनको लागि जनप्रतिनिधि आवश्यक भएकाले स्थानीय तहको चुनाव भयरहित र निष्पक्ष गराउन सबैको सहयोग हुनुपर्ने बताए ।

'असल समाज निर्माणको लागि तडकभडक रहित र सांस्कृतिक विभेद सबै मिलेर हटाउनुपर्छ ।'-उनले भने-'असोज २ गते हुन लागेको स्थानीय तहको चुनावमा सबै निर्वाचन पर्यवेक्षक मिलेर एकै ठाउँबाट राज्यलाई दबाव दिनुपर्छ ।'

कार्यक्रममा नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्र अर्यालले स्वच्छ चुनावको लागि पर्यवेक्षण आवश्यक रहेको बताए ।

लक्ष्मी सोनार