Follow Us on Facebook Follow Us on Facebook
 
  • लोकतान्त्रिक प्रणाली, घरदैलोमा आफ्नै सरकार, सामर्थ्य र पहिचान सङ्घीयताका आधार ।
  • मानव अधिकारको सम्मान गर्नेलाई मतदान गरौं, न्यायपूर्ण समाजको निर्माणमा योगदान गरौं ।
  • तपाईको एक मतले राष्ट्रनिर्माणमा महत्वपूर्ण योगदान दिन सक्छ, त्यसैले सोच विचार गरेर मात्र मतदान गर्नुहोस् ।
  • सात वटा कोठामा सात छाप, दुई वटा चिन्ह भएपनि एक कोठामा एकै छाप ।
  • हत्या, हिंसा, अराजकता र भ्रष्टाचारको अन्त्य ! तीव्र आर्थिक वृद्धि र समृद्धि अबको गन्तव्य !!
   
समाचार

स्थगित भएको मतदान केन्द्रमा भोलि पुनः मतदान हुने

अर्घाखाँची । ०७४ मङ्सिर २२ गते

सन्धिखर्क नगरपालिका-५ मधुरा मावि नेटामा स्थगित भएको 'क' र 'ख' मतदान केन्द्रको पुनः मतदान मङ्सिर २३ गते हुने भएको छ ।

मङ्सिर २२ गते बसेको सर्वदलीय बैठकको निर्णय अनुसार भोलि बिहान ७ बजे देखि ५ बजेसम्म निर्वाचन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

मङ्सिर २१ गत मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्रमा मतदाताले मतदान गरेको भन्दै मतदाताले मतपेटिका र मतपत्र च्यातेपछि मतदान स्थगित भएको थियो ।

स्थगित भएका दुई ओटा केन्द्रमा मङ्सिर २३ गते निर्वाचन हुने गरी सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले जानकारी दिए ।

नारायण भुसाल